• १२ साउन २०८१, शनिबार

टिकट विक्रीको २५ प्रतिशत रकम भूकम्पपीडितलाई

blog

मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद मैदानको मुख्य प्रवेशद्धार । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १८ गते । गत बुधबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन आएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ को आज शनिबार हुने खेलमा टिकट विक्रीबाट आउने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितलाई प्रदान गरिनेभएको छ ।

आज हुने खेलमा टिकट विक्रीबाट उठ्ने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितका लागि सहयोगस्वरुप प्रदान गरिने आयोजक कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री गोल्डकप अन्तर्गत आज नेपाल आर्मी र बि.एफ.सी. चितवनबिच प्रतिस्पर्धा हुँदैछ । आयोजकले भूकम्पमा परी ज्यान गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । साथै घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।