• ५ जेठ २०८१, शनिबार

अशोक वर्ल्ड र्‍याङ्किङ जी फोरमा

blog

काठमाडौँ, कात्तिक २० गते । विश्व तेक्वान्दो र दक्षिण कोरियाली खेल मन्त्रालयले आयोजना गरेको वर्ल्ड र्‍याङ्किङ जी फोर प्रतियोगिताअन्तर्गत दक्षिण कोरियाको मुजुमा आयोजना भएको विश्व तेक्वान्दो पुम्से ओपन च्यालेन्जमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।

सो प्रतियोगिता मुजुमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भएको थियो । खड्का क्यारोगी, पुम्से र पारा विधाको अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । अशोकले गत वर्ष बुल्गेरियामा आयोजना भएको विश्व तेक्वान्दो प्रतियोगितामा समेत निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रशिक्षक र खेलाडीको रूपमा पनि सक्रिय अशोक हाल निर्णायकको भूमिकामा बढी सफल हुनुहुन्छ । अशोक क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक पनि हुनुहुन्छ ।