• ७ जेठ २०८१, सोमबार

विश्वकप फाइनल : भारतविरुद्ध टस जितेर बलिङ गर्दै अस्ट्रेलिया

blog

काठमाडौं, मङ्सिर ३ गते । एक दिवसीय विश्वकपको फाइनलमा अहिले आयोजक भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्तका लागि अस्ट्रेलियाले टस जितेको छ ।

अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्नुभएको छ । घरेलु टोली भारतले सुरुवाती ब्याटिङ गर्दैछ ।

एक दिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौँ पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौँ पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले सात मध्ये पाँच फाइनल जितेको छ । भारत तेस्रो पटक विश्व विजेता बन्ने दाउमा छ । यद्यपि सन् २०११ पछि भारत विश्व च्याम्पियन बन्न सकेको छैन ।

दुई टोली दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । सन् २००३ मा दुईबिच फाइनलमा भिडन्त भएको थियो । अस्ट्रेलिया एक सय २५ रनले विजयी भएको थियो । एक दिवसीयमा भारत र अस्ट्रेलियाबिच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ ।