• २० जेठ २०८१, आइतबार

पाँचथर भलिबल उपाधि फाल्गुनन्दलाई

blog

द्वितीया मेलाका अवसरमा आयोजित भलिबल प्रतियोगिताको विजेता टिमका खेलाडी सामूहिक तस्बिर खिच्दै । तस्बिर: गोरखापत्र

राधा लुइँटेल

फिदिम,मङ्सिर ३ गते । पाँचथर–फाल्गुनन्द गाउँपालिकाको वसाँगुमा सञ्चालन भएको पालिकास्तरीय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले जितेको छ ।

शनिवार बेलुका ढिलाे गरी सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा प्रतिस्पर्धी  कुम्मायक गाउँपालिकालाई २५–१६, २५–२२ र २५–२१ को सोझो सेटमा पराजित गर्दै फाल्गुनन्द प्रथम भएको हो ।

विजेता बनेसँगै फाल्गुनन्दले नगद १ लाख १५ हजार ५ सय १५ रुपियाँ नगदसहित  ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता कुम्मायक गाउँपालिकाले नगद ६५ हजार ५६५ रुपियाँमा चित्त बुझायो ।

पाँचथर, तेह्रथुम र इलाममा क्रियाशील १२ टिमले भाग लिएको प्रतियोगिता कात्तिक २९ गते सुरु भएको थियो ।