एसिसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
मलेसियाको बायोमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हरायो । पहिलो खेलमा पनि नेपालले हङकङलाई आठ विकेटले नै पराजित गरेको थियो ।
कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई
कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा सञ्चालित प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम सेटमा दमक र षडानन्दले १७–१७ अङ्क बनाएका थिए ।
एपिएफलाई मकवानपुर गोल्डकप उपाधि
हेटौँडामा भएको छैटौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
दमारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित चानुवा माविको खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड सुरुभएको छ । यहाँ जिल्ला स्तरीय चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।
चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
नेपाल र चीनबिचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हरायो ।
क्यानडाविरुद्धको सिरिज: एक खेल अगावै नेपाल च्याम्पियन
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले एक खेल अगावै जितेको हो ।
नेपालले क्यानडाविरुद्धको सिरिज जित्यो
नेपालले क्यानडाविरुद्धको तीन एक दिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो ।
क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य
एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाललाई दुई सय ८६ रनको लक्ष्य दिएको छ ।
एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात
नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको सलान्गर ट्रफ मैदानमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले हरायो ।
नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु
एक दिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो ।
यु–१९ क्रिकेट मिश्रित प्रदर्शन
विश्वस्तरीय खेलकुदमा क्रिकेटले नेपाललाई धेरै खुसी दिएको छ । यस मामिलामा नेपालको यु–१९ क्रिकेट टिम पनि पछाडि छैन । एक समय टेस्ट नखेल्ने राष्ट्रबाहेक एसियाली उमेर समूह क्रिकेटमा नेपालको छवि अजय टिमको थियो । त्यसबेला नेपालले चार पटक लगातार एसिसी कपको उपाधि जितेको थियो । विगतमा नेपाल यु–१९ विश्वकपमा टेस्ट राष्ट्रलाई स्तब्ध पार्ने ‘जायन्ट किलर’ नै थियो । सन् २००० मा केन्या, सन् २००२ मा पाकिस्तान र बङ्गलादेश, सन् २००४ मा दक्षिण अफ्रिकालाई हराएको नेपालले सन् २००६ को संस्करणमा त आयरल्यान्डसाथै दक्षिण अफ्रिका र न्युजिल्यान्ड जस्ता टेस्ट खेल्ने राष्ट्रको युवा टिमलाई धरापमा पारेको इतिहास छ ।
नेपालले क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै
नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एक दिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।
त्रिदेशीय सिरिज फागुनमा
घरेलु मैदान कीर्तिपुरमा नेपालले फागुनमा खेल्ने त्रिदेशीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार नेपालले फागुन ३ गते नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
सुवाशलाई भारतीय गल्फ टुरको फुल कार्ड
नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) को फुल कार्ड प्राप्त गर्नुभएको छ ।
सन्न्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लाग्नुभएको छ ।
सुजेन्द्र स्मृति बुद्धिचाल शनिबार
नेपालमा बुद्धिचाल महासङ्का पूर्व उपाध्यक्ष तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा शनिबार एकदिने द्रुतगतिको खुला ब्लिट्ज बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
एउटै स्टेजमा तीन पुस्ताका खेलाडी सम्मानित
विभिन्न कालखण्डमा नेपालको शारीरिक सुगठन तथा फिटनेसको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दैं पुर्व खेलाडीहरुलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिने
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताउनुभएको छ ।
फुटबलसँगै नेपाल चीन सांस्कृतिक आदनप्रदानको अवसर
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको चिङ्घाइ फुटबल क्लबसँग शनिबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभएको छ ।
स्पोर्ट्स अवार्डको चार विधाको अन्तिम मनोनयन सार्वजनिक
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ का लागि चार विधाको अन्तिम मनोनयन सार्वजनिक गरिएको छ ।
महिला क्रिकेट टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरेको छ ।
क्यानडामाथि नेपालको रोमाञ्चक जित
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो ।
अवार्डलाई प्लाजा होटल्स ग्रुपको सहप्रायोजन
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि प्लाजा होटल्स ग्रुपले सहप्रायोजन गर्ने भएको छ ।
दीपेन्द्रले युएईमा आइएल टी–२० खेल्ने
नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (युएई) को अन्तर्राष्ट्रिय आइएल टी–२० खेल्नुहुने भएको छ । दीपेन्द्रलाई फ्रेन्चाइज क्लब गल्फ जायन्ट्सले अनुबन्ध गरेको हो ।