फुटबल प्रशिक्षक प्रकाशलाई आर्थिक सहयोग
ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।
बक्यौता नपाए प्रतियोगिता नखेल्ने : ‘ए’ डिभिजन क्लब
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबहरूले पुस १५ गते भित्र आफूले पाउनु पर्ने बक्यौता रकम नपाए अखिल नेपाल फुटबल सङ्घ( एन्फा) ले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा नखेल्ने जनाएका छन् ।
प्रधानमन्त्री कप : एपीएफ र कोशी विजयी
विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एप्एिफले लुम्बिनी प्रदेशलाई ९० रनले हरायो ।
सुम्हात्लुङ म्याराथनको उपाधि नेपाल आर्मीका राईलाई
पाँचथरको फिदिममा आयोजना भएको छैटाैं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि नेपाल आर्मीमा कार्यरत धावक श्रीकास राईले चुम्नुभएको छ ।
नवौं राष्ट्रपति रनिङ शिल्ड पुस २० देखि हुने
म्याग्दीको बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो ।
प्रो क्लब क्रिकेट च्याम्पियनसिप : आज दुई खेल हुँदै
यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछन् । नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अन्नपूर्ण गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
काठमाडौँ रेजर्स एनएसएलको प्लेअफमा
साबिक विजेता काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा शानिबार साँझ भएको लिग चरणको अन्तिम खेलमा काठमाडौँले ललितपुर सिटीलाई १-० गोलले हराउँदै प्लेअफमा स्थान बनाएको हो ।
सिद्धार्थ शिशुलाई टी–२० क्रिकेट उपाधि
मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनले जितेको छ ।
आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि
चौथो क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका गोपाल तामाङले जित्नु भएको छ । पुतलिबजार नगरपालिका-९ कोल्मामा शनिबार भएको दौडमा तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा २५ किमीको दुरी पार गर्नुभएको हो ।
रसिला र प्रिन्सद्वारा उपाधि रक्षा
युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गर्नुभएको छ ।
राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल यसै महिना
छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता पुस २३ देखि २८ गतेसम्म ललितपुरमा हुने भएको छ ।
नगरस्तरीय क्रिकेट सुरु
तानसेनमा शनिबारदेखि नगरस्तरीय ‘प्रथम क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।
एनएसएल : बुटवलको कठिन जित
बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवलले वीरगन्ज युनाइटेडलाई १–० गोलले हरायो ।
सिटीलाई क्लब विश्वकप उपाधि
इङ्लिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकप जितेको छ । साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रङ्गशालामा शुक्रबार राति भएको फाइनल खेलमा सिटीले ब्राजिलको फ्लुमिनेन्सलाई ४–० गोलले हरायो ।
खेलकुदमा खेलाडीको विमालेख प्रारम्भ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा विमालेख कार्यक्रमको शुभारम्भ गरेको छ ।
फोर्टिन स्टार कप फुटबल प्रतियोगिता सुरु
फोर्टिन स्टार युवा क्लबको आयोजनामा तम्घासको चिदिचौरमा जिल्ला स्तरीय माध्यमिक तह छात्र फुटबल प्रतियोगिता सुरु भएको हाे ।
सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल दोस्रो
भारतको देहेरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १६ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् । उत्तराखण्ड तेक्वान्दो एसोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एसोसिएसनको संयुक्त आयोजनामा सो प्रतियोगिता सञ्चालन गरिएको थियो ।
'खेल र खेलाडीको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको मन्त्रीका हैसियतले आफू सदैव प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले बताउनुभएको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो
बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
बास्केटबलमा बुढानीलकण्ठको जित
बुढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार बुढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले हरायो ।
एनएसएल : काठमाडौँमाथि वीरगन्जको फराकिलो जित
नेपाल सुपर लिग (एनएसएल) मा वीरगन्ज युनाइटेडले काठमाडौँ रेजर्समाथि फराकिलो जित निकालेको छ ।