• १३ असोज २०८१, आइतबार

हाप्किडो नेशनल च्याम्पियनसिप उपाधि लुम्बिनीलाई

blog

प्रतियोगितामा पहिलो भएको लुम्बिनी प्रदेशको टोली शिल्डका साथ । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन ४ गते । नेपालगन्जमा सम्पन्न भएको पहिलो प्रोफेशसनल हाप्किडो नेशनल च्याम्पियनसीपमा लुम्बिनी प्रदेश पहिलो हुँदै उपाधि जित्न सफल भएको छ ।

लुम्बिनी प्रदेशका खेलाडीले ७ स्वर्ण र १२ रजतसहित उपाधि हात पार्दै पहिलो स्थान प्राप्त गरेका हुन् । सातै प्रदेशका ६८ जना खेलाडी सहभागी सो प्रतियोगितामा बागमती प्रदेशले ७ स्वर्ण र १ रजतसहित दोस्रो स्थानमा रहन सफल भयो भने तेस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र ३ रजत पदक जित्न सफल भयो । 

प्रतियोगितामा महिलातर्फको ४० देखि ४४ केजीमा पार्वती चौधरीले स्वर्ण पदक जित्नुभयो भने ४४ देखि ४८ केजीमा सरित केसी, ४८ देखि ५२ केजी तौल समूहमा अन्जली केसीले स्वर्ण पदक जित्नुभयो । 

५२ देखि ५६ केजीमा विमला थापा मगर, ५६ देखि ६० केजी तौल समूहमा सुविना गुरुङ, ६० देखि ६४ केजीमा विमला तामाङ र खुल्लातर्फ जिना तामाङ पहिलो हुँदै स्वर्ण पदक जित्नुभयो ।

पुरुषतर्फ ४० देखि ४४ केजी तौल समूहमा तिलक तामाङ, ४४ देखि ४८ केजीमा निश्चल खड्का, ४८ देखि ५२ मा अमृत गुरुङ, ५२ देखि ५६ केजी तौल समूहमा दलविर विक, ५६ देखि ६० केजी तौल समुहमा मुनाल रसाइलीले पहिलो स्थान हात पार्दै स्वर्ण पदक जित्नुभयो । 

६० देखि ६४ केजी तौल समुहमा विप्लव घर्ती मगर र ६४ देखि ६८ केजीमा सरोज गुरुङ र खुल्लातर्फ राजेन्द्र तामाङ पहिलो स्थानमा बनाउन सफल हुनुभयो । प्रतियोगितामा महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधि लुम्बिनीकी सरिता केसीले प्राप्त गर्नुभयो । 

४४ देखि ४८ केजी तौल समूहमा विनिता केसीलाई पराजित गर्दै सरिताले पहिलो स्थान पाउनुका साथै उत्कृष्ट खेलाडी पनि घोषित हुनुभयो । पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि बागमती प्रदेशका तिलक तामाङले प्राप्त गर्नुभयो । 

रेफ्रितर्फ महिलामा विजयाकुमारी वाइवा र पुरुषतर्फ सुदिप तामाङ उत्कृष्ट घोषित हुनुभयो । प्रतियोगितामा विजयी खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एसिया महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगर र प्रोफेशसनल हाप्किडो च्याम्पियनसिपका संयोजक हाप्किडो संघका बाँके जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मो. मोहसिन हल्वाइलगायतले पुरस्कार प्रमाणपत्र र शिल्ड वितरण गर्नुभयो ।