इरानलाई हराउँदै कतार फाइनलमा
आयोजक कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा कतारले इरानलाई ३–२ गोलले हरायो ।
मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नेपाल र क्यानडा भिड्दै
आजबाट नेपाल र क्यानडाबिच तीन एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।
क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
क्यानडासँगको सिरिजका लागि नेपाल तयार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध बिहीबारदेखि सुरु हुने तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताउनुभएको छ ।
मच्छिन्द्रलाई यु–१६ फुटबल लिग उपाधि
एन्फा यु–१६ फुटबल लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।
अन्तर प्रदेश प्रतियोगिताको तयारीमा कर्णाली
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आगामी फागुन २४ देखि ३० गतेसम्म बागमती खेलकुद परिषद्को आयोजनामा हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटलाई तीव्रता दिएको छ ।
मनमोहन मेमोरियल यु–१६ क्रिकेट पोखरामा
तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि फागुन ७ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा
जोर्डन कतारमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा मङ्गलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोलले हरायो ।
चिनियाँ युवा फुटबल टोली नेपालमा
दशरथ रङ्गशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न चिनियाँ युवा टोली बुधबार काठमाडौँ आइपुगेको छ । नेपालले चीनको चिङ्घाइ फुटबल क्लबसँग माघ २७ गते शनिबार मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
न्यू दर्पण क्लबलाई डाँफे कपको उपाधि
बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँस्थित न्यू दर्पण युवा स्पोर्टस् क्लबले पहिलो पटक डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मेयरकप तेक्वान्दोको तयारी पूरा
जैशीदेवल यूथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । सो प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ ।
साफ यु–१९ महिला फुटबल : नेपाललाई हराउँदै भारत फाइनलमा
भारत बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा मङ्गलबार भारतले नेपाललाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
विश्वविद्यालय खेलकुदमा त्रिवि च्याम्पियन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको छ । मङ्गलबार सम्पन्न दुई दिने प्रतियोगितामा त्रिवि सर्वाधिक १८ स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।
मेयर कप फुटबल फाइनल बुधबार
नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । फाइनल खेलको तयारी पूरा भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ ।
युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ ।
केपी ओली कप फुटबल : उद्घाटन खेलमा आयोजक र चर्च ब्वाइज भिड्ने
केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको केपी ओली एफसी र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् ।
रग्वी फिफ्टिन्स लिगमा चार टोली
नेपाल रग्वी सङ्घको आयोजनामा राष्ट्रिय रग्वी फिफ्टिन्स लिग फागुन ६ देखि १२ गतेसम्म दशरथ रङ्गशालामा हुने भएको छ ।
रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो : बजेट सुनिश्चितता गर्ने आश्वासन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिनुभएको हो ।
नेपाली जुडोलाई जापानको सहयोग
नेपालका लागि जापानका राजदूत किकुता युताकाले मङ्गलबार नेपाल जुडो सङ्घलाई जुडो पोशाक हस्तान्तरण गर्नुभएको छ ।
मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी फाइनलमा
नेपालगन्ज मेयर कप फुटबल प्रतियोगिताको उपाधीका लागि छात्रतर्फ सेन्ट जेभियर्स र मोडेल एकेडेमीले फाइनलमा भिड्ने भएको छ भने छात्रातर्फ मनकामना मावि खजुरा र मोडेल एकेडमीले फाइनल भिड्ने भएका छन् ।
लिभरपुललाई आर्सनलको झट्का
इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुललाई अर्को बलियो टोली आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले शीर्ष टोली लिभरपुललाई ३–१ गोलले हरायो ।
मेयर कप : मोडेल एकेडेमी फाइनलमा
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा नेपालगन्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।
नेपालमा खेल पर्यटन विकास गर्न कोरियामा गोष्ठी
नेपालमा खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यसहित मङ्गलबार दक्षिण कोरियाको राजधानी सोलमा ‘स्पोर्ट्स ग्लोबल टुरिजम–२०२४’ विषयक एक दिने गोष्ठी हुने भएको छ ।