साफ महिला यु–१९ टोलीको बिदाइ
बङ्गलादेशमा फेब्रुअरी २ देखि ८ तारिखसम्म आयोजना हुने साफ महिला यु–१९ च्याम्पियनसिपमा सहभागिताका लागि नेपाली टोलीको विदाइ गरिएको छ ।
यु–१९ विश्वकप क्रिकेट : सुपर सिक्समा नेपालको प्रतिद्वन्द्वी भारत र बङ्गलादेश
दक्षिण अफ्रिकामा जारी आइसिसी विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले भारत र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
मदन भण्डारी फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आइतबारदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।
मिसन २०औँ एसियाड : पाँच खेलको विशेष प्रशिक्षण सुरु
जापानमा सन् २०२६ मा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य सहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन एसियाड प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
आहा रारा गोल्ड कप : सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा
साबिक विजेता सङ्कटामाथि सहज निकाल्दै त्रिभुवन आर्मी क्लब २३औँ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी र मधेश विजयी
त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विजयी भएका छन् ।
दक्षिण एसियाली सेपाक ताक्रो नेपालमा हुने
पाँचौँ दक्षिण एसियाली सेपाक ताक्रो च्याम्पियनसिप माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
चौलागाईँलाई बुद्धिचाल उपाधि
स्काई वाल्क टावर अन्डर १९०० रेटिङ फिडे बुद्धिचाल प्रतियोगिताको उपाधि माउण्ट एभरेष्ट चेस क्लबका १८९३ रेटेड सिएम पुरुषोत्तम चौलागाईँले जित्नुभएको छ ।
एपीएफका प्रिन्स दाहाललाई प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी
सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् ।
बास्केटबल कोर्टमा कराते !
सामान्यता कराते खेल कभर्डहलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ ।
नेपाल कबड्डी लिगको तयारी
अखिल नेपाल कबड्डी सङ्घले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित कबड्डी लिग गर्ने तयारी गरेको छ । नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाइमा गर्ने गरी सङ्घले तयारी थालेको हो ।
एसीसीको साधारण सभामा चन्द र खड्काले भाग लिने
आगामी जनवरी ३१ देखि इन्डोनेसियामा सुरु हुने एसीसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले भाग लिनुहुनेछ ।
देव खनाललाई तिलोत्तमा नगरपालिकाले ५० हजार दिने
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नेपाली क्रिकेट टोली (यु–१९) का कप्तान देव खनाललाई ५० हजार रुपियाँसहित सम्मान गर्ने भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : एपिएफ र बागमती विजयी
मु्लपानी मैदानमा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ८८ रनले हरायो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले हरायो ।
दोस्रो संस्करणको मेयर लिग माघ १६ गतेबाट
‘खेलकुद हाम्रो सान खेलाडि उत्पादन गर्ने हाम्रो अभियान’ नारासहित वराहक्षेत्र नगरपालिकामा माघ १६ गतेबाट दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग सुरु हुनेभएको छ ।
आहा रारा गोल्डकप : आजदेखि क्वाटरफाइनलका खेल
पोखरामा जारी २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
यू-१९ विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा
नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो।
यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालको अर्धशतक
आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाउनुभएको छ ।
रेसुङ्गामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नगरपालिकाले स्थानीय तहस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको हो।
यू–१९ विश्वकप क्रिकेट : नेपाललाई अफगानिस्तानले दियो १४६ रनको चुनौती
आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको चुनौती दिएको छ।
प्रधानमन्त्री कप क्रिकेट : पुलिस विजयी
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।
विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता
आइसिसी उन्नाइस वर्षमुनि (यु-१९) विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हाँसिल गरेको छ ।
विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत
आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले दुई ओभरमा दुई विकेट लिएको छ । नेपालका लागि गुल्सन झा र आकाश चन्दले समान एक÷एक विकेट लिए ।
विश्वकप क्रिकेट : अफगानिस्तानले पहिला ब्याटिङ गर्दै
आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।