• १३ साउन २०८१, आइतबार

दोस्रो संस्करणको मेयर लिग माघ १६ गतेबाट

blog

फुटबल प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइँदै । तस्विर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, माघ १३ गते । ‘खेलकुद हाम्रो सान खेलाडि उत्पादन गर्ने हाम्रो अभियान’ नारासहित वराहक्षेत्र नगरपालिकामा माघ १६ गतेबाट दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग सुरु हुनेभएको छ । 

वराहक्षेत्र नगर खेलकुद बिकास समितिको आयोजनामा हुने वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता वसन्त ऋतु माबिको खेल मैदानमा हुनेभएको हो । प्रतियोगितामा ३ पटक विजेता हुने टीमले चाँदीको ट्रफी आफ्नो स्वामित्वमा पार्नेछन् । 

लिग फम्र्याटमा आयोजना हुने वराह क्षेत्र मेयर लिग फुटबल प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुने टिमले ५१ हजार र चौथो हुने टिमले २५ हजार नगद ट्रफी प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद बिकास समितिले जनाएको छ । 

समूह ‘क’ र ‘ख’ बाट उत्कृष्ट अङ्क ल्याउने दुई–दुई वटा टीम छनोट गरेर नकआउट माध्यमद्वारा विजेता छनोट गरिने नगर खेलकुद विकास समितिका सदस्य रोनी विष्टले जनकारी दिनुभयो । 

प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार १ सय र विधागत उत्कृष्ट खेलाडिले नगद पाँच हजार प्राप्त गर्नेछन् । फुटबल प्रतियोगितामा ११ वटा वडाको टिमले सहभागिता जनाउने छन् । खेलकुद विकास समितिका संयोजक कपिल आचार्यका अनुसार खेलाडि प्रोत्साहन र नयाँ खेलाडि उत्पादन गर्ने उद्देश्यले मेयर लिग कप फुटबल प्रतियोगिताको परिकल्पना गरेर गत बर्षबाट सुरु गरिएको छ ।