• १३ असोज २०८१, आइतबार

विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता

blog

फाइल तस्बिर

काठमाडौँ, माघ १२ गते । आइसिसी उन्नाइस वर्षमुनि (यु-१९) विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हाँसिल गरेको छ । 

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले खेलको ५ दशमलव ५ ओभरमा जमशिद जार्डनलाई आउट गराएका हुन् । यससँगै उनले अफगानिस्तानविरुद्धको खेलमा दोस्रो विकेट लिएका छन् । रासस