• १८ असार २०८२, बुधबार

मृत भेटिनुभयो भुजेल

blog

जनार्जन खत्री

सर्लाही, असार १७ गते । सर्लाहीको उत्तरपूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका –१२, घारिबथानमा सोमबार दिउँसो एक वृद्ध मृत फेला पर्नुभएको छ । 

सर्लाही र महोत्तरीको सीमामा पर्ने बाँके खोलानजिकै घारिबथानतर्फ बर्दीवास नगरपालिका –१०, खयरमाराका अन्दाजी ६० वर्षीय बद्री भुजेल मृत फेला पर्नुभएको हो । स्थानीयका अनुसार श्रीमती, छोराछोरी कोही नरहेका भुजेल गाउँघरमा डुलेर हिँड्ने गर्नुहुन्थ्यो । 

भुजेललाई फूलजोर बाबा साझेदारी वनको पलौट क्षेत्रमा गाईवस्तु चराउन गएका मानिसले आइतबार साँझपख घारिबथानतर्फ आएको देखेका थिए । सोमबार दिउँसो पुनः गाईवस्तु चराउन गएकै मानिसले उहाँलाई मृत फेला पारेका इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो । 

भुजेलको हिँड्दाहिँड्दै थकाइ मार्न बसेको ठाउँमा मृत्यु भएकोजस्तो देखिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । गाउँले र जनप्रतिनिधिको रोहबरमा घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानले जनाएको छ ।