• ८ असार २०८१, शनिबार

साफ महिला यु–१९ टोलीको बिदाइ

blog

काठमाडौँ, माघ १५ गते । बङ्गलादेशमा फेब्रुअरी २ देखि ८ तारिखसम्म आयोजना हुने साफ महिला यु–१९ च्याम्पियनसिपमा सहभागिताका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनसिपका लागि टोलीको बिदाइ गरेको. हो । मिडफिल्डर सारा बज्राचार्यको कप्तानीमा रहेको नेपाली टोलीको गोलरक्षमा सुजाता तामाङ, करुण बुढाथोकी र लीला जोशी हुनुहुन्छ । 

रक्षकमा दिव्या यसमाली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिताकुमारी नाथ, गङ्गा रोकाया, सिम्रन राई र माया मास्के रहनुभएको छ । मिडफिल्डरमा कप्तान सारासहित ब्रिसना चौधरी, झुमा विश्वकर्मा, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ तथा स्टङाइकरमा सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लीला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान हुनुहुन्छ ।

टोलीको प्रशिक्षकमा बालगोपाल साहुखल, सहायक प्रशिक्षकमा गङ्गा गुरुङ र श्यामसुन्दर सिंह, गोलकिपिङ प्रशिक्षक शैलेश कर्माचार्य तथा व्यवस्थापकमा इन्दु दुवाल रहनुभएको छ ।  यस्तै टोलीको फिजियोमा प्रिया लामा, अफिसियलका मनीष शाक्य र टोलीको नेतामा सुशील सुवेदी रहनुभएको छ । 

उपाधि जित्ने लक्ष्य राखेको नेपालले फेब्रुअरी २ मा साविक विजेता बङ्गलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतको सामना गर्नेछ । उद्घाटन खेलमा भारत र भुटानबिच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा बङ्गलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउनेछन् ।

पाकिस्तान, श्रीलङ्का र माल्दिभ्सले भाग नलिने निर्णय गरेका छन् । सहभागी चार टोलीले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । नेपाली टोलीको एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले बिदाइ गर्नुभयो ।