• १३ साउन २०८१, आइतबार

एसीसीको साधारण सभामा चन्द र खड्काले भाग लिने

blog

काठमाडौँ, माघ १३ गते । आगामी जनवरी ३१ देखि इन्डोनेसियामा सुरु हुने एसीसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले भाग लिनुहुनेछ ।  

एसियन क्रिकेट काउन्सिल (एसीसी) को निमन्त्रणामा नेपालको  प्रतिनिधित्व गर्दै साधारणसभामा अध्यक्ष चन्द र सचिव खड्काले भाग लिने क्यानले जनाएको छ । साधारणसभामा सचिव खड्काले जनवरी ३० को एसीसी बैठकमा नेपाली क्रिकेटको समग्र विकास प्रक्रिया, आगामी योजना, एसियाली क्रिकेटमा नेपालले खेल्न सक्ने भूमिका सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।