• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ र बागमती विजयी

blog

मु्लपानी मैदानमा प्रतिस्पर्धा गर्दै एपिएफ र गण्डकीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ १३ गते । विभागीय टोली नेपाल एपिएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार जित निकालेका छन् । मु्लपानी मैदानमा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ८८ रनले हरायो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले हरायो । 

जिसँगै सात खेलबाट आठ अङ्क बनाएको एपिएफ छैटौँ स्थानमा छ । एपिएफसँग पराजित चार अङ्कसहित आठौँ स्थानमा छ । यस्तै नौ खेलबाट १२ अङ्क बनाएको बागमती दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लबको पनि ६ खेलबाट १२ अङ्क छ । बागमतीसँग पराजित लुम्बिनी दुई अङ्कसहित नवौँ स्थानमा छ । तेस्रो स्थानमा रहेको मधेश प्रदेशको आठ खेलबाट १० अङ्क पुगेको छ । 

मुलपानीमा जितका दुई सय आठ रनको लक्ष्य पछ्उौका गण्डकी प्रदेश ३३.४ ओभरमा सबै विकेटको क्ष्ाितमा एक सय १९ रनमा समेटिएको थियो । गण्डकीको लागि ओपनर समिर कँडेलले सर्वाधिक ३३ रन बनाउनुभयो । इश्वोर छेत्रीले २८, विपिन खत्रीले १८ रन बनाउनुभयो । बलिङमा एपिएफका अमर राउटेलाले चार विकेट लिनुभयो । मौसम ढकालले, भुवन कार्कीले दुई र रमेश कुर्मीले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिलेृ ब्याटिङको निम्तो पाएको एपिएफले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो । एपिएफका लागि ओपनर लोकेश सर्वाधिक ५० रन बनाउनुभयो । भुवन कार्कीले ४५, प्रदिप ऐरीले ३९ र पुरन विकले ३० रन बनाउनुभयो । 

बलिङमा गण्डकीका कमल परियारले तीन विकेट लिनुभयो ।  विपिन खत्री, अमृत गुरुङ र सन्दिप पराजुलीले दुई दुई विकेट लिनुभयो । यस्तै त्रिवि मैदानमा बलर सूर्य तामाङ र ब्याट्सम्याा इशान पाण्डे चम्किएपछि बागमतीले लुम्बिनीमाथि ६ विकेटको सहज जित निकालेको हो । बागमतीको जितमा सूर्य एक्लैले सर्वाधिक ६ विकेट लिनुभयो । 

जितका लागि एक सय सात रनको लक्ष्य पछ्याएको बागमतीले १७.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । बागमतीका लागि इशान पाण्डेले ५० रन बनाउनुभयो । कप्तान रित गौतमले २४ र अशुतोष घिरैयाले १४ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका निर्मल गुरुङले दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको लुम्बिनीले ३२.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा बामगतीका सूर्यले ६सहित विपिन आचार्यले दुई तथा कृजन गुरुङ र प्रतिश जिसीले एक एक विकेट लिनुभयो ।