नेपालगन्जमा २५ वर्षपछि सुरु भयो राष्ट्रिय ब्याडमिन्टन
नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रङ्गशालामा बिहीबारदेखि प्रथम नेपालगन्ज खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २ सय ५० जना खेलाडीहरूले सहभागिता जनाउनु भएको छ ।
क्रिकेटर दीपेन्द्र ब्रान्ड एम्बेसडर नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनल प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ । ग्रेस इन्टरनेसनलले दीपेन्द्रसँग तीन वर्षका लागि सहकार्य गरेको हो ।
कराते टोली जर्मनी प्रस्थान
च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा चार सदस्यीय नेपाली टोली ड्रेस्डेन ओपन कराते च्याम्पियनसिप–२०२४ मा सहभागी हुन बिहीबार जर्मनी प्रस्थान गरेको छ । सो प्रतियोगिता शनिबार सुरु हुनेछ ।
यु–१९ विश्वकप क्रिकेट : नेपाललाई अफगानिस्तान पन्छाउने चुनौती
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रधानमन्त्री कप क्रिकेट : बागमती र मधेशको सहज जित
बागमती र मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सहज जित निकालेको छ ।
बृहत् राष्ट्रिय पारा खेलकुदको तयारी गर्दै राखेप
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय स्तरको बृहत् पारा खेलकुद प्रतियोगिता योजना गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित
विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा गण्डकीलाई ३३६ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय ३५ रन बनायो । मधेसका लागि अनिल साहले शतकीय पारी खेले । उनले एक सय २५ बल खेल्ने क्रममा ६ छक्का र ११ चौकासहित एक सय २७ रन बनाए ।
यु–१९ विश्वकप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ ।
यु–१९ विश्वकप क्रिकेट : नेपालले दियो पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई जितको लागि एक सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।
पाँचौ मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता हुने
आगामी चैत २३ र २४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रधानमन्त्री कप क्रिकेट : कोशीको लगातार आठौँ हार
कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार आठौँ हार खेपेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : मधेशलाई पुलिसको झट्का
प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेको मधेश प्रदेशलाई विभागीय टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।
यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ढाका म्याराथनमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने
बङ्गलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथन (४२.१९५ किलोमिटर) नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला भलिबल खेलाडी मगरलाई आर्थिक सहयोग
स्टेप रामपुरले महिला भलिबल खेलाडी अस्मिता घर्ती मगरलाई उपचारको लागि सहयोग गरेको छ । खेल अभ्यासको क्रममा चोट लागेर घाइते हुनुभएको अस्मितालाई स्टेप रामपुरको पहलमा विभिन्न संस्था तथा व्यक्तिबाट सङ्कलन भएको रकम एक लाख छ हजार रुपियाँ हस्तान्तरण गरेको हो ।
यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दै छ ।
झापा गोल्डकप फागुन १९ गतेदेखि
राजधानी बाहिरको सर्वाधिक चर्चित झापा गोल्डकपको छैटौँ संस्करण आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने भएको छ ।
इन्टरले जित्यो इटालियन सुपर कप
इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । साउदी अरवमा सोमबार राति भएको रोचक फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी नापोलीलाई १–० गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीसँग बागमती स्तब्ध
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दाबेदार बागमती प्रदेश गण्डकी प्रदेशसँग स्तब्ध बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमती गण्डकीसँग तीन विकेटले पराजित भयो ।
एघार स्वर्णसहित तेल्लोक मावि प्रथम
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेल्लोक माध्यमिक विद्यालय प्रथम भएको छ । विभिन्न खेल विधामा ११ स्वर्ण पदक जित्दै तेल्लोक मावि प्रथम भएको हो ।
यु–१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तानको खेल बुधबार
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मी र कर्णाली विजयी
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलबार जित निकालेका छन् ।
मिसन एसियाड : पाँच खेलको प्रशिक्षण सुरु गरिने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औँ एसियाली खेलकुद (एसियाड) लाई प्रभावकारी बनाउने लक्ष्यका साथ पाँच खेलको प्रशिक्षण तत्काल सुरु गर्ने भएको छ ।