• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित

blog

भैरहवामा प्रतिस्पधाृ गर्दै एपिएफ र लुम्बिनीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, मा३ ११ गते । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा बिहीबार भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हरायो ।

जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपिएफका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५२ रन बनाउनुभयो । पूर्ण विकले अविजित ३३ र लोकश बमले १६ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इफ्खिर अहमदले एक एक विकेट लिनुभयो । 

यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि दिलसद अलिले अविजित ३९, मृनाल गुरुङले ३४, विराट भण्डारीले २३ र प्रज्ज्वल थापाले ११ रन बनाउनुभयो । बलिङमा एपिएफका रमेश कुर्मीले पाँच विकेट लिनुभयो ।

भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र श्याम ढकालले एक एक विकेट लिनुभयो । जितसँगै ६ खेलबाट ६ नै अङ्क बनाएको एपिएफ तालिकाको छैटौँ स्थानमा छ । पाँच खेलबाट दुई अङ्क बनाएको लुम्बिनी नवौँ स्थानमा छ ।