• १३ साउन २०८१, आइतबार

मिसन एसियाड : पाँच खेलको प्रशिक्षण सुरु गरिने

blog

फाइल तस्बिर ।

काठमाडौं, माघ ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औँ एसियाली खेलकुद (एसियाड) लाई प्रभावकारी बनाउने लक्ष्यका साथ पाँच खेलको प्रशिक्षण तत्काल सुरु गर्ने भएको छ ।

राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले जापानमा हुने २०औँ एसियाडमा नेपालको सहभागितालाई विगतको भन्दा प्रभावकारी बनाउने उद्देश्यसहित माघ १५ गतेदेखि पाँच खेलको प्रशिक्षण सुरु गरिने जानकारी दिनुभयो । 

राखेपले विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारीसँगको छलफलमा पहिलो चरणमा कराँते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको तयारी प्रशिक्षण सुरु गर्ने र बाँकी खेलको पनि क्रमैसँग तयारी सुरु गर्न लागेको हो । 

‘‘पहिलो चरणमा कराँते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको प्रशिक्षण सुरु गर्नेछौँ । तर अरू खेललाई बेवास्ता गर्न पक्कै खोजिएको होइन । बाँकी खेलको पनि क्रमैसँग तयारी थाल्नेछौँ । सदस्यसचिव घिसिङले भन्नुभयो, ‘‘विगतमा हुने छोटो अवधिको प्रशिक्षणको अन्त्य गर्न जरुरी छ । तयारी छोटो गर्ने अनि खेलाडीबाट उत्कृष्ट नतिजा अपेक्षा गर्नु न्यायोचित होइन । २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसाथ तयारी अगाडि बढाउने योजनामा छौँ ।’’