• १९ असोज २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेट : मधेशलाई पुलिसको झट्का

blog

मुलपानी मैदानमा प्रतिस्पर्धा गर्दै पुलिस र मधेशका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेको मधेश प्रदेशलाई विभागीय टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा मधेश पुलिससँग ६ विकेटले पराजित भयो । मधेशलाई हराएको पुलिस लगातार पाँचौँ जित निकाल्दै १० अङ्कसहित शीर्षस्थानमा छ । पराजित मधेश सात खेलबाट आठ अङ्कका साथ तेस्रो स्थानमा छ । 

जितका लागि ९७ रनको लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । पुलिसका लागि सुनिल धमलाले सर्वाधिक २८ रन बनाउनुभयो । कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन जोड्नुभयो । बलिङमा मधेशका रन्जित कुमार र अर्निको यादवले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन बनाएको थियो । मधेशका लागि अर्निको यादवले २३ रन बनाउनुभयो । कप्तान हरिशंकर शाहले २२ र अभिषेक तिवारीले अविजित ११ रन जोड्नुभयो । बलिङमा पुलिसका सागर ढकालले पाँच विकेट लिनुभयो । ललितनारायण राजवंशीले चार र राशिद खानले एक विकेट झार्नुभयो ।