• १३ साउन २०८१, आइतबार

क्रिकेटर दीपेन्द्र ब्रान्ड एम्बेसडर नियुक्त

blog

दीपेन्द्रसिंह ऐरी ।

काठमाडौँ, माघ ११ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनल प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ । ग्रेस इन्टरनेसनलले दीपेन्द्रसँग तीन वर्षका लागि सहकार्य गरेको हो । 

बिहीबार एक कार्यक्रमका बिच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रियु पौडेल र क्रिकेटर दीपेन्द्रले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । दीपेन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आउनुभएको छ । 

ग्रेस इन्टरनेसनलकाका निर्देशक पौडेलले दीपेन्द्रसँगको सहकार्य व्यावसायिक प्रवर्धनको उद्देश्य मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रूपमा रहेको बताउनुभयो । क्रिकेटर दीपेन्द्रले पनि ग्रेससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।