• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : बागमती र मधेशको सहज जित

blog

गण्डकीविरुद्ध ब्याटिङ गर्दै मधेशका अनिल साह । तस्बिर : क्यान

काठमाडौँ, माघ ११ गते । बागमती र मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सहज जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हरायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेशले गण्डकी प्रदेशलाई एक सय ४५ रनले हराएको छ । 

जितसँगै बागमतीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । जितका लागि दुई सय ४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३०.३ ओभरमा सबै विकेटको क्षतिमा एक ५० रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि नरेन भट्ट र किरण ठगुन्नाले ४१/४१ रन बनाउनुभयो । बलिङमा बागमतीका सूर्य तामाङ र विपिन आचार्यले तीन तीन विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ४७ रन बनाएको थियो । बागमतीका लासिग आशुतोष घिरैयाले ५४ रन बनाउनुभयो । कप्तान रित गौतमले ४४, शोक पौडेल ३१, सोनु देवकोटाले अविजित २८, रविन जोशी २४, प्रतिश जिसीले १७ र विपिन आचार्य १२ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका शेर मल्ल र नारायण जोशीले तीन तीन विकेट लिनुभयो । विकाश आग्रीले दुई तथा मिलन बोहराले एक विकेट झार्नुभयो ।  जितसँगै आ खेलबाट बागमतीले १० अङ्क बनाएको छ । ६ खेल खेलेको सुदूरपश्चिमको आठ अङ्क छ । 

यस्तै त्रिवि मैदानमा जितका लागि तीन सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९० रनमा समेटिएको थियो । गण्डकीका लागि ईश्वर क्षेत्री र कमल परियारले २७/२७ रन बनाउनुभयो ।  क्रिस ऐरले २६, चन्द्र पौडेले २३, रोशन गौतमले २२ तथा समीर कट्टेल र मुस्कान थापाले १८/१८ रन बनाउनुभयो । बलिङमा मधेशका रञ्जित कुमारले चार विकेट लिनुभयो । हरिशंकर साहले तीन, प्रदीप पासवानले दुई तथा राजेश यादवले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ३५ रन बनाएको थियो । मधेसका लागि अनिल साहले शतकीय पारी खेल्नुभयो। उहाँले एक सय २५ बलमा ६ छक्का र ११ चौकासहित एक सय २७ रन बनाउनुभयो । अरनिको यादवले अविजित ६३ रन बनाउनुभयो । रुपेश सिंहले ४७, पवन सर्राफले ४०, रुपेश सिंहले ३२, अभिशेख तिवारीले अविजित २७ र मयन यादवले २७ रन बनाउनुभयो ।

बलिङमा गण्डकीका सन्दीप पराजुलीले दुई तथा कृष्ण पौडेल र कमल परियारले एक एक विकेट लिनुभयो । जितसँगै मधेशले आठ खेलबाट १० अङ्क बनाएको छ । मधेश तेस्रो स्थानमा छ । समान १० अङ्क बनाएको पुलिस शीर्ष र बागमती दोस्रो स्थानमा छ । पराजित गण्डकी चार अङ्कसहित आठौँ स्थानमा छ ।