• १३ साउन २०८१, आइतबार

ढाका म्याराथनमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने

blog

ढाका म्याराथन खेल्ने नेपाली टोली ।

काठमाडौँ, माघ १० गते । बङ्गलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथन (४२.१९५ किलोमिटर) नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जनवरी २६ मा हुने म्याराथनमा नेपालका तीन पुरुष र चार महिला खेलाडीले सहभागिता जनाउन लागेका हुन् ।

पुरुषमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता किरणसिंह बोगटी, खडगबहादुर खड्का र प्रकाशसिंह ऐर हुनुहुन्छ । महिलामा पुष्पा भण्डारी, १३औँ सागकी स्वर्णधारी सन्तोषी श्रेष्ठ, विन्द्राधन्के श्रेष्ठ र सुमित्रा चौधरीले प्रतिस्पर्धा गर्नुहुनेछ । 

ढाका म्याराथनमा यसअघि पुष्पाले दुई स्वर्ण र एक कांस्य तथा बिन्द्राले एक कांस्य पदक जित्नुभएको छ । नेपाली टोलीको प्रशिक्षकमा राकेश बज्राचार्य रहनुभएको छ । नेपाली टोली बुधबार ढाका प्रस्थान गरेको छ ।