• १३ असोज २०८१, आइतबार

कराते टोली जर्मनी प्रस्थान

blog

खेलाडीलाई विदाइ गर्दै नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङ ।

काठमाडौँ, माघ ११ गते । च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा चार सदस्यीय नेपाली टोली ड्रेस्डेन ओपन कराते च्याम्पियनसिप–२०२४ मा सहभागी हुन बिहीबार जर्मनी प्रस्थान गरेको छ । सो प्रतियोगिता शनिबार सुरु हुनेछ ।

प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका सायाङ लामाले ३६ केजी तौलसमूहअन्तर्गत कुमुते स्पर्धामा प्रतिस्पर्धा गर्नुहुनेछ । प्रशिक्षकको भूमिकामा डिगम्बर प्रसाद पन्त रहनुभएको छ । नेपाल कराते महासङ्घका महासचिव तथा सितोरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रममा सहभागी टोलीका सदस्यहरूलाई ज्याकेट वितरण गरी बिदाइ गरिएको छ ।

बिदाइ कार्यक्रममा अध्यक्ष गुरुङ र एकेडेमीकी कार्यकारी प्रमुख लामाले सातौँ दक्षिण एसियाली कराते प्रतियोगिताअन्तर्गत यु–२१, ६७ केजी मुनिको तौल समूहमा नेपाललाई रजत पदक दिलाउने च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका अनिल बरामलाई सम्मान गरिएको थियो ।