समापनमा नेपालको झण्डा एरिकाले बोक्ने
हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) को समापन समारोहमा नेपालको झण्डा कराँते खेलाडी एरिका गुरुङले बोक्नुहुने भएको छ ।
पाँच वटा एसियाड रिपोर्टिङ गर्ने राजवंशीलाई सम्मान
एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) ले खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ ।
यो पदक देशका लागि हो : एरिका
हाङझाउस्थित लिननि स्पोर्ट्स सेन्टर जिम्न्याजियम शनिबार एरिकाले महिला ६८ केजी तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाउनुभएको हो । फाइनलमा उहाँ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित हुनुभयो ।
नेपाललाई कराँतेमा ऐतिहासिक रजत
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) को १५औँ दिन नेपालले कराँते खेलमा ऐतिहासिक रजत पदक जितेको छ ।
एसियाड कराँतेमा नेपालकी एरिकालाई रजत पक्का
नेपालकी कराँते खेलाडी एरिका गुरुङले चीनको हाङझाउमा जारी १९औँ एसियाडमा रजत पदक पक्का गर्नुभएको छ ।
सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हुँदै
प्युठानको ठूलाबेशीमा जिल्लाकै हालसम्मको सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुनेभएको छ । आयोजक ठूलाबेसी सामुदायिक विकास मञ्च गौमुखीका अनुसार दसैँको अवसरमा कात्तिक २ गतेदेखि ४ गतेसम्म खुल्ला भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
१९औँ एसियाड : नेपालका गणेश क्यानोइङमा आठौँ
नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्यानोइङमा आठौँ हुनुभएको छ ।
महिला भलिबलमा नेपाल सान्त्वना जितसहित ११औँ स्थानमा
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हरायो ।
नेपालले पायो महिला कबड्डीको कांस्य पदक
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीतर्फ जितेको कांस्य पदक शनिबार पाएको छ ।