• ७ असार २०८१, शुक्रबार

साफ महिला यु–१९ टोलीको घोषणा

blog

काठमाडौँ, माघ ४ गते । बङ्गलादेशमा फेब्रुअरी २ देखि ८ तारिखसम्म आयोजना हुने महिला साफ यु–१९ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार २३ सदस्यीय खेलाडी टोलीको घोषण गरेको हो । च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेशसहित भारत र भुटानबिच प्रतिस्पर्धा हुनेछ । नेपालले च्याम्पियनसिपको पहिलो खेल बङ्गलादेशसँग फेब्रुअरी २ तारिख खेल्नेछ । 

नेपाली टोली 

गोलरक्षक : सुजता तामाङ, करुण बुढाथोकी, लीला जोशी

रक्षक : दिव्या यसमाली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिताकुमारी नाथ, गङ्गा रोकाया, सिम्रन राई, माया मास्के

मिडफिल्डर : ब्रिसना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ

स्ट्राइकर : सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लीला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङ्तान ।