• १३ साउन २०८१, आइतबार

निर्मलको खेलकुद गीत ‘हारजित’ सार्वजनिक

blog

काठमाडौँ, माघ ४ गते । गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गर्नुभएको छ । 

फरक शैलीको गीतमा जमिरहनुभएका गायक निर्मलले त्यसैको निरन्तरतास्वरुप ‘जित तिम्रो मान बनोस्, हार तिम्रो ज्ञान बनोस्’ बोलको गीत ल्याउनुभएको हो । विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सूत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गीत कोरेको निर्मलको भनाइ छ ।

निर्मलको आफ्नै रचना, सङ्गीत र स्वरमा रहेको गीतमा उहाँलाई र्‍यापर सुभम बोहरा (आत्मा) ले साथ दिनुभएको छ । गीतको भिडियोमा निर्मलले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृश्यहरू कैद गर्नुभएको छ । भिडियो लोकेन्द्र सुब्बाले तयार पार्नुभएको हो । निर्मलले यसअघि पागल, अचेल, जब घामलगायत गीतहरू सार्वजनिक गरिसक्नुभएको छ ।