• १३ साउन २०८१, आइतबार

नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

blog

२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता । तस्बिर : सशस्त्र प्रहरी बल नेपाल

काठमाडौं, माघ ४ गते । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रङ्गशालामा बिहीबार ३५ वर्षभन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता सञ्चालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्य टिम क्याप्टेन रहनु भएको थियो ।


सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबिच गोलरहित बराबरीमा खेल सम्पन्न भएको जानकारी दिनुभयो ।

महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले नेपाल प्रहरीको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुका साथै महानिरीक्षक अर्यालले खेलमा सहभागि खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गर्नुभएको थियो ।


खेलकुद प्रतियोगितामा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायब महानिरीक्षक केदार ढकाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।