• ८ जेठ २०८१, मङ्गलबार

मेस्सीलाई फिफा वर्ष उत्कृष्ट खेलाडी अवार्ड

blog

फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्डसहित लियोनल मेस्सी । तस्बिर : रोयटर्स

काठमाडौँ, माघ २ गते । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड जित्नुभएको छ । सोमबार राति भएको कार्यक्रममा मेस्सीले केलियन एमबाप्पे र अर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जित्नुभएको हो ।

मेस्सीले लगातार तेस्रो पटक यो अवार्ड थाप्नुभएको हो । उहाँले यसअघि सन् २०१९ र २०२२ मा अवार्ड जित्नुभएको थियो । फिफा वर्ष महिला खेलाडीको अवार्ड स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर ऐटाना बोनमतीले जित्नुभयो । 

यसैगरी उत्कृष्ट गोल रक्षकको अवार्ड इङ्लिस क्लब म्यानचेस्टर सिटीका इडर्सनले जित्नुभएको छ । वर्ष प्रशिक्षकको अवार्ड पनि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई प्रदान गरिएको छ । सिटीले सन् २०२२/२०२३ को सिजन प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप गरी ट्रेबल उपाधि जितेको थियो । 

फिफा वर्ष महिला उत्कृष्ट प्रशिक्षकको अवार्ड इङ्ल्यान्डकी सरिना विघम्यानलाई प्रदान गरिएको छ । फिफाले विश्वभरका राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, खेल पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकहरूबाट प्राप्त भोटको आधारमा हरेक वर्ष अवार्डको विजेता घोषणा गर्ने गर्दछ । एजेन्सी