• २४ असार २०८१, सोमबार

बर्दीबासमा मेयर कप भलिबल सुरु

blog

मेयर कप खुला भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दीबास, माघ २ गते । महोत्तरीको बर्दीबासमा दोश्रो मेयर खुला पुरुष नकआउट भालिबल प्रतियोगिता सुरु भएको छ । चल्की विजलपुरामा मङ्गलबार भएको उद्घाटन खेलमा किसाननगरलाई २–१ को सेटमा पराजित गर्दै घरेलु टोली विजलपुराले जित निकालेको छ । 

प्रतियोगितामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका गरि २१ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार रुपियाँ र उपविजेताले ५१ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट स्पाइकर ब्लकर, सेटर र सर्वरलाईसमेत जनही तीन हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।