• २० असार २०८१, बिहिबार

नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप हुने

blog

हाप्किडो प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, माघ ४ गते । पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिन लागिएको छ । 

सो प्रतियोगिताका संयोजक तथा हाप्किडो सङ्घ नेपालका केन्द्रीय सदस्य मोहसिन हलवाईले नेपालगन्ज रङ्गशालामा माघ २६ र २७ गते सो राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिने बताउनुभयो । 

उहाँले सो हाप्किडो च्याम्पियनसिपमा सात वटै प्रदेश र नेपाल प्रहरीको स्कुल गरी आठ टिमका खेलाडीको सहभागिता रहने जनाउँदै प्रतिस्पर्धामा फाइटरतर्फ महिला र पुरुष दुबैमा आठ आठ तौल समूहमा प्रतिस्पर्धा गराइने बताउनुभयो । 

संयोजक हलवाईका अनुसार च्याम्पियनसिपमा ४० केजीदेखि ६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । आयोजकले च्याम्पियनसिपमा सहभागी हुन आउने सबै खेलाडी, प्रशिक्षक, रेफ्री, जज र निर्णायकको खान र बस्न खर्च व्यहोर्ने जनाएको छ ।

हाप्किडो खेलको विकास तथा विस्तार गर्दै यस खेललाई जनजीवनको अभिन्न अङ्ग बनाउन शारीरिक मानसिक, बौद्धिक र नैतिक क्षमतायुक्त मानव साधनको विकास गरी खेललाई रोजगारमूलक व्यवसायको रूपमा स्थापित गर्ने उद्देश्यले सो च्याम्पियनसिप गर्न लागिएको बताइएको छ । 

उक्त च्याम्पियनसिप आयोजनाका लागि ६६ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका संयोजक हलवाईले बताउनुभयो ।