• १३ साउन २०८१, आइतबार

टाइगर कप : महिलातर्फ एपिएफलाई उपाधि

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ ६ गते । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ह्याट्रिक गरेको छ । शनिबार भएको फाइनलमा चन्द्रागिरी न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो पटक उपाधि कब्जा गरेको हो । 

एपिएफ दोस्रो र तेस्रो संस्करणको पनि विजेता हो । न्यु डायमन्डलाई पहिलो सेटमा एपीएफले २५–२० र दोस्रो सेटमा २५–१८ ले हरायो । तेस्रो सेटमा सम्हालिएको न्यु डायमन्डले २५–२१ ले तेस्रो सेटसमेत एपिएफलाई नै बुझाउन बाध्य भयो ।

उपाधिसँगै एपिएफले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । महिलातर्फ शुक्रबार भएको खेलमा त्रिभुवन आर्मीले पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै तेस्रो बनेको थियो ।

शनिबारै पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालबिच खेल हुनेछ । साबिक विजेता गण्डकी एपिएफलाई सोझो सेटमा हराउँदै फाइनल पुगेको हो । हेल्प नेपाल भने पाहुना टोली श्रीलङ्का आर्मी क्लबलाई पराजित गरी उपाधि भिडन्तमा आइपुगेको हो । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद दुई लाख ५५ हजार पाँच सय ५५ तथा तेस्रो हुने टिमले एक लाख २५ हजार पाँच सय ५५ प्राप्त पाउँछन् । दुवैतिर खेलाडीले जनही नगद २५ हजार र अन्य विद्यागत रूपमा उत्कृष्ट हुने खेलाडीले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर पाउँछन् ।