• २० असार २०८१, बिहिबार

किन्डर ओलम्पिक हुने

blog

किन्डर ओलम्पिक बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ ४ गते । ११औँ किन्डर ओलम्पिक यही माघ ६ र १३ गते दशरथ रङ्गशालामा हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसपालि काठमाडौँ उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता रहनेछ ।

दशरथ रङ्गशालामा हुने ओलम्पिकमा ३ देखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीले विभिन्न खेलकुद इभेन्ट्सहरुमा भाग लिने प्रतियोगिताका संयोजक केदारमान स्थापितले जानकारी दिनुभयो ।

जसमा एथलेटिक्स लगायत जुडो, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएको छ । सानै उमेरबाट विद्यार्थीलाई खेलकुद क्षेत्रमा संलग्न गराउन प्रतियोगिता गरिन लागिएको आयोजकको भनाई छ ।