महानगर कर्मचारी–११ विजयी
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी–११ सोमबार विजयी भएको छ । काठमाडौँ महानगरपालिकाअन्तर्गतको जनप्रतिनिधि–११ विरुद्धको मैत्रीपूर्ण खेलमा कर्मचारी टिम ५–३ गोलले विजयी भएको हो ।
एलेक्स र अंकितालाई स्वर्ण
वडा ७ का एलेक्स महर्जन र वडा १६ की अंकिता बज्राचार्यले पाँचौँ ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ ।
एलपीएल : सत्यवती एकेडेमी सेमिफाइनलमा
सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यवती समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सत्यवतीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले हरायो ।
अरहान्त र राजेन्द्र स्क्वासको क्वार्टरफाइनलमा
नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहल सोमबार ऋद्धि शाक्यलाई सोझो सेटमा ११–२, ११–५, ११–८ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाउनुभएको छ ।
नेपाल सुपर लिग : चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा
चितवन एफसीलाई ३-१ गोलले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो शीर्षस्थानमा उक्लिएको छ ।
प्रकाश दाहाल स्मृति ब्याडमिन्टन पुसमा
प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २५ गतेदेखि सुरू हुनेभएको छ ।
यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित
एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।
चौथो खेलकुद महोत्सव गर्दै कालीगण्डकी
कालीगण्डकी गाउँपालिकाले चौथो कालिगण्डकी खेलकुद महोत्सव २०८० गर्ने भएको छ । गाउँपालिकाले यही मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म खेलकुद महोत्सव गर्न लागेको हो ।
न्यु वेष्ट प्वाइन्टलाई जेसीज कप उपाधि
म्याग्दीको बेनीमा सम्पन्न २१औँ जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनलमा
घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यु–१९ एसिया कप : नेपाललाई अफगानिस्तानले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य
एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले जितको लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
दुई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट क्यानलाई दुई करोड ६० लाख बचत
नेपाली क्रिकेटमा प्रचुर सम्भावना रहेको बताउँदै खड्काले घरेलु प्रतियोगिता, सङ्घको सङ्गठनात्मक स्वरुप र कार्यशैलीमा भने पुनर्विचार गर्न जरुरी रहेको बताउनुभयो ।
यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा नेपालले टर जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
एभीएम टेबल टेनिस लिग च्याम्पियन
एभीएम टेबल टेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगितामा च्याम्पियन बनेको छ ।
फुटबलर सावित्रालाई काठमाडौँ युरोको सम्मान
काठमाडौँ युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई नगदसहित सम्मान गरेको छ ।
फुटबल खेलाडीलाई एक लाखको बिमा
गुल्मीमा फोर्टिन स्टार युवा क्लबले फुटबल खेलाडीहरुकोे बिमा गरिदिने भएको छ । आगामी पुस ७ गते देखी १० गतेसम्म तम्घासको चिदिचौरमा सञ्चालन हुने जिल्ला स्तरीय माध्यमिक तहका छात्र फुटबल प्रतियोगिताका खेलाडीहरूको बिमा गरिदिने क्लबले जनाएको छ ।
मोरङ बन्यो किराँत गोल्डकपको ‘च्याम्पियन’
विर्ता युनाइटेड क्लब झापालाई हराँउदै डाँगीहाट फुटबल क्लब मोरङले ‘प्रथम वाइवाइ किराँत गोल्डकप २०८०’ को उपाधि उचालेको छ।
अध्यक्ष कप फुटबल शनिबारबाट
मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० आगामी शनिबारबाट हुने भएको छ।
स्टेज रेस च्यालेन्जमा मानबहादुर र छोकी च्याम्पियन
ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ।
दशौँ राष्ट्रिय खेलकुदको समन्वय बैठक सम्पन्न
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप समन्वय बैठक सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघीय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहभागी रहनुभयो ।
स्वर्ण पदक विजेता गुरुङको सम्मान
काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।
कमलबजारलाई महिला भलिबल उपाधि
पञ्चदेवल विनायक नगरपालिकाको टिमलाई पराजित गर्दै पालिकास्तरी खुला महिला भलिवबलको उपाधि कमलजार नगरपालिकाले हात पारेको छ ।
यू–१९ एसिया कप : नेपालको खराव सुरुवात
नेपालले एसिसी यू–१९ एसिया कप क्रिकेटमा खराव सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा शुक्रबार भएको समूहको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भयो ।
एलपीएल : युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स विजयी
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौं दिन शुक्रबार युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।