कोहलपुर मेयर ११ फाइनलमा
कोहलपुर मेयर ११ को टोली सुशील कोइराला मेमोरियल यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
अनिल र देवलाई समेट्दै लिग–२ टोलीको घोषणा
विकेटकिपर अनिल साह र युवा खेलाडी देव खनाललाई समेट्दै आईसीसी विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा गरिएको छ ।
क्रिकेटमा कीर्तिमानी रुबिना
नेपाली महिला क्रिकेटमा प्रमुख योगदान दिने खेलाडीको नाम लिँदा सबैभन्दा अगाडि आउने नाम हो– रुबिना क्षेत्री बेल्बासे । रुबिनाले १४ वर्षदेखि निरन्तर राष्ट्रिय महिला क्रिकेट टिममा रहेर सेवा गरिरहनुभएको छ । उहाँले ११ वर्ष त राष्ट्रिय टिमको नेतृत्व नै गर्नुभयो । रुबिनाले उमेर समूहमा पनि नेपालको नेतृत्व गर्नुभएको छ । यसै वर्ष मात्र उहाँलाई महिला क्रिकेट टिमका कप्तानमा इन्दु वर्माले स्थानापन्न गर्नुभएको हो ।
पाँचथर गोल्डकपमा नेपाल र भारतका आठ टिम सहभागी हुने
फागुन १२ देखि सुरु हुने चौथो पाँचथर गोल्कप फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ टिमले भाग लिने पक्का भएको छ। आयोजक पाँचथर क्लबले मंगलबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै सहभागी हुने टिम सार्वजनिक गरेको हो।
राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई
दार्चुला जिल्ला सदरमुकाम खलङ्गास्थित शिवनगर खेलमैदानमा सञ्चालित १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले जितेको छ । महाकालीले १९ स्वर्ण, १० रजत, ९ कांस्य गरी कुल ३८ पदक प्राप्त गर्दै उपाधि उचालेको हो ।
अर्जुन र राज्यलक्ष्मीलाई गुरिल्ला म्याराथन उपाधि
रूकुमपश्चिमको सानीभेरी गाउँपालिकामा भएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन–२०८० को उपाधि सोलुखुम्बुका अर्जुन राई र जुम्लाकी राज्यलक्ष्मी रावलले जित्नुभएको छ ।
अक्सफोर्डलाई बुटवल मेयर कप उपाधि
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।
ज्ञानेन्द्र, शक्ति र रिजन अब लेभल–२ प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्रजुले आइसिसी लेभल–२ कोचिङ (प्रशिक्षक) कोर्स पूरा गर्नुभएको छ ।
रुविनाको अलराउन्ड प्रदर्शनमा नेपालको कीर्तिमानी जित
पूर्व कप्तान रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा मालदिभ्समाथि नेपालले कीर्तिमानी जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत अन्तिम खेलमा मालदिभ्सलाई दुई सय २४ रनले हरायो ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कोहलपुरलाई
१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ ।
किशोर विवेक सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी
बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहनुभयो । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उहाँ चर्चाको शिखरमा पुग्नुभएको हो ।
आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन
युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिनुभयो ।
सुदूरपश्चिम र गण्डकी प्रदेश विजयी
बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।
खेलाडीका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।
पौडीमा नासिर र गौरीकाद्वारा कीर्तिमान भङ्ग
नासिर याहा हुसेन र गौरीका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भङ्ग गर्नुभएको छ ।
हक्की खेलाडीलाई नेशनल हस्पिटलको साथ
नेपाल हक्की सङ्घ र नेपाल नेशनल हस्पिटलबिच खेलाडीहरूको उपचार सेवा सम्बन्धी सोमबार सम्झौता भएको छ । नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
अनिल र भीमको शतकसँगै सिरिजमा नेपालको ‘क्लिन स्विप’
अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।
क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य
क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ ।
म्याराथनमा विश्व कीर्तिमानी केल्भिनको दुर्घटनामा निधन
हालको म्याराथनमा विश्व कीर्तिमानधारी केल्भिन किप्टम र उहाँका प्रशिक्षक गेर्भाइस हाकिजिमानाको आइतबार राति सडक दुर्घटनामा मृत्यु भएको केन्याली प्रहरीले पुष्टि गरेको छ।
क्यानडाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।
नेपाल र क्यानडा भिड्दै
नेपाल—क्यानडा त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै छ । खेल आज बिहान सवा ९ बजे हुँदै छ । नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको शृङ्खलामा २-० सिरिज हात पारिसकेको छ ।
पल्सर स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी
एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित हुनुभएको छ ।
महिला यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी
बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् ।
जिभिएन स्कुललाई दुई वर्ष खेलमा प्रतिबन्ध लगाइने
बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप गरेको भन्दै दुई वर्ष र १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।