• १३ असोज २०८१, आइतबार
blog

यू १९ महिला राष्टिय क्रिकेटको फाइनलमा पुगेको कोहलपुर मेयर ११ को टोली । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, फागुन २ गते । कोहलपुर मेयर ११ को टोली सुशील कोइराला मेमोरियल यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कोहलपुर मेयर ११ ले सुदुरपश्चिमलाई ६ विकेटले पराजित गरेर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 

कोहलपुर मेयर ११ को टोलीले बागमती प्रदेशसँग एक खेल खेल्न अझै बाँकी छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाउन सफल भएको थियो। ९२ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको कोहलपुर मेयर ११ ले ४ विकेट गुमाएर १७.४ ओभरमा ९२ रन बनाई विजयी भएको हो । 

कोहलपुर मेयर ११ को ब्याटिङमा सना प्रविनले सर्वाधिक ३९ रन बनाउनुभयो । सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान दिनुभयो । सबै तीन खेलमा जित हासिल गरेको कोहलपुर मेयर–११ कुल ६ अङ्कसहित अङ्कतालिकाको शीर्षमा रही फाइनलमा पुगेको छ । 

यस्तै बागमती प्रदेश ३ खेलमा २ जित र १ हारपछि ४ अङ्कसहित तेस्राे स्थानमा छ । समान नतिजा र अङ्कसहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोस्राे स्थानमा छ । ३ खेलमा २ अङ्कसहित सुदूरपश्चिम चौथो तथा तीन खेल खेलेकोमा सबै खेलमा पराजित हुँदै अङ्कविहीन लुम्बिनी प्रदेश पाँचौं स्थानमा छ ।