• १२ साउन २०८१, शनिबार

हक्की खेलाडीलाई नेशनल हस्पिटलको साथ

blog

हक्की खेलाडीको उपचार सेवा सम्बन्धि सम्झौता गरिँदै ।

काठमाडौँ, माघ २९ गते । नेपाल हक्की सङ्घ र नेपाल नेशनल हस्पिटलबिच खेलाडीहरूको उपचार सेवा सम्बन्धी सोमबार सम्झौता भएको छ । नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार अस्पतालले नेपाल हक्की सङ्घमा आबद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिनेछ । सम्झौता कार्यक्रममा मेडिकल निर्देशक डा. पौडेलले खेलाडीहरूको उपचारका सम्बन्धमा अस्पताल सदैव साथमा रहने बताउँदै ढुक्क भएर खेलमा लाग्न आग्रह गर्नुभयो । ‘‘अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई दिने उपचार सेवामा जोडिनु पाउनु हाम्रो लागि खुसीको कुरा हो । खेलाडीहरूलाई सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो,’’ डा. पौडेलले भन्नुभयो ।  

सङ्घकी महासचिव श्रेष्ठले सम्झौताका लागि अस्पताललाई धन्यवाद दिँदै खेलाडीले ढुक्क भएर खेल्ने वातावरण तयार भएको बताउनुभयो । ‘‘खेल र ट्रेनिङका दौरानमा खेलाडी घाइते हुन्छन् । आर्थिक समस्याका कारण चिन्ता लिएर खेल्नुपर्ने अवस्था हुन्छ । अस्पताल उपचारका लागि अगाडि बढेकाले अब चिन्ता हटेको छ हामी ढुक्क भएका छौँ,’’ श्रेष्ठले भन्नुभयो । सम्झौता कार्यक्रममा सङ्घका सचिव असीम शर्मालगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।