लिभरपुल शीर्ष स्थानमा
रेलिगेसनको दबाब झेलिरहेको बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
भुवनसहित आठ खेलाडी क्वार्टरफाइनलमा
भुवन नगरकोटीसहित आठ खेलाडी सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ गल्फ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
प्रधानमन्त्री कप : कोशीले गण्डकीलाई हरायो
कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्लेअफ पुग्ने सम्भावना बढाएको छ ।
नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
धरान उपमहानगरपालिमा नगर स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी फागुन १९ गतेबाट हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै भिजन फिटनेसको आयोजनामा धरान-८ स्थित सभागृहमा प्रतियोगिता हुने भएको भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले बताउनुभएको हो ।
प्रम कप क्रिकेट : एपिएफ विजयी
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ ।
प्रम कप क्रिकेट : एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती
काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ ।
काठमाडौँलाई हराउँदै ललितपुर दोस्रो क्वालिफायरमा
दशरथ रङ्गशालामा मङ्गलबार भएको इलिमिनेटर खेलमा ललितपुरले काठमाडौं रेजर्सलाई ३–० गोलले हरायो ।
गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए ।
खेल–पर्यटनको विकास गर्न सरकारले कुनै कसर छाड्ने छैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘एनपिजीए म्याच प्ले’ गल्फ बुधबारदेखि
सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ गल्फ बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगितामा अघिल्लो सिजनका शीर्ष वरीयताका १६ खेलाडीको सहभागिता रहनेछ ।
जिल्ला ब्याडमिन्टन सङ्घलाई मान्यता प्रदान
जिल्ला ब्याडमिन्टन सङ्घ रुकुमपश्चिमले पहिलो पटक नेपाल ब्याडमिन्टन सङ्घबाट आधिकारिकता पाएको छ । २०७५ सालमै स्थापना भएर काम गर्दै आए पनि रुकुमपश्चिमले आधिकारिकता पाउन सकेको थिएन ।
चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु
चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
टाइब्रेकरमा जितपछि धनगढी फाइनलमा
दुई पटक पछाडि परेको धनगढी एफसी सोमबार पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएर दोस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । एनएसएलको इतिहासमै यो पहिलो पेनाल्टी सुटआउट हो । धनगढी लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पछिल्लो संस्करणमा धनगढी फाइनलमा काठमाडौँ रेजर्ससँग निराश बनेको थियो ।
श्रेष्ठ स्मृति मिडिया कपमा चितवन च्याम्पियन
नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।
तानसेन ४ र ११ लाई जित
तानसेन नगरपालिका ४ र ११ तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ शिल्ड टी–२० क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
खेलकुदमा भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन/निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरेको छ ।
प्रधानमन्त्री कप : मधेश र लुम्बिनी विजयी
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार मधेश प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले आफू क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विद्यार्थी हुने सोचमा रहेको खुलासा गर्नुभएको छ ।
सिरानचोक गाउँपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
गोरखा जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । जिल्ला सदरमुकामस्थित रङ्गशाला खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कांस्य पदक सहित सिरानचोक गाउँपालिकाले उपाधि जितेको हो ।
राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता : २० स्वर्णसहित हिमा गाउँपालिका प्रथम
जुम्लामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ । तातोपानी गाउँपालिका–६ द्वारा हाँकूँ चौरमा आयोजित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
सुनसरीको चक्रघट्टी कञ्चनजङ्घा गोल्डकपको फाइनल प्रवेश
सुनसरीको चक्रघट्टी फुटबल क्लब ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा तेह्रथुमको आठराई गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फाइनल प्रवेश गरेको हो।
सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा ‘‘हेर्दाहेर्दै’ मा राखिएको छ । सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।
सुदूरपश्चिम र बागमती विजयी
सुदूरपश्चिम र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् ।
दक्षिण एसियाली स्केटबोर्डमा नेपालको वर्चस्व
पाँचौँ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालले वर्चस्व जमाएको छ । प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा समान ३/३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो ।