• १३ असोज २०८१, आइतबार

प्रदेश स्तरीय ब्याडमिन्टनको तयारी पूरा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, फागुन ८ गते । पाँचथरको फिदिममा बुधबारदेखि सुरु हुने प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सँगै खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाको आयोजना तथा ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । जस्मा मेन्स सिङ्गल, वुमेन्स सिङ्गल, मेन्स डबल,वुमेन्स डबल र मिक्स डबल गरी पाँच विधामा प्रतिस्पर्धा गराइने आयोजक जिल्ला खेलकुद विकास समितिले फिदिममा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रतियोगितामा ६८ खेलाडी, १४ प्रशिक्षकसँगै व्यवस्थापकको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा भेट्रान्स बाहेकका विजेता, उपविजेता र तेस्रो हुनेलाई जनही २०, १० र पाँच हजार रुपियाँसहित पुरस्कृत गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताउनुभयो । 

यस्तै भेट्रान्सतर्फ देश भरिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । यस स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३०, १५ र पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न १८ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।