• १२ साउन २०८१, शनिबार

नेपालद्वारा नामिबियालाई १६९ रनको लक्ष्य

blog

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनायो । 

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रनब नाउनुभयो । उहाँले ६४ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनुभयो । 

बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार विकेट लिनुभयो । कप्तान जोर्रार्ड इरास्मस र ज्याक ब्रसिलले एक एक विकेट लिनुभयो ।