• २१ वैशाख २०८१, शुक्रबार

पिस प्वाइन्ट क्वाटरफाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, फागुन ७ गते । पिस प्वाइन्ट १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पिस प्वाइन्टले दोहोरो जित निकाल्यो । पहिलो खेलमा पिस प्वाइन्टले आयोजक लोयल्टी एकेडेमी ‘ए’ लाई ५–० गोलले हरायो । पिस प्वाइन्टका हिमाल थिङले चार र रुपेश खड्काले एक गोल गर्नुभयो । 

अर्को खेलमा पिस प्वाइन्टले इस्टपोललाई ६–१ गोलले हरायो । पिस प्वाइन्टका दिवस रोका र हिमाल थिङले ह्याट्रिक गर्नुभयो । इस्टपोलका संस्कार सिवाकोटीले सान्त्वना गोल गर्नुैभयो । 

काष्ठमण्डपले नेक्ससलाई ३–० गोलले पाखा लगायो । काष्ठमण्डपका सुप्रिम बोहरा, सदिन प्रसाईं र ब्रम्ह बस्यालले समान एक एक गोल गर्नुभयो । इस्टपोलले लोयल्टी ‘बी’ माथि ७–० गोलले जित निकाल्यो । इस्टपोलका रोनिश दाहालले चार, रोजन तामाङले दुई र सोनाम तामाङले एक गोल गर्नुभयो ।

ब्रम्हकुञ्जले नेक्ससलाई २–० गोलले पन्छायो । विजयी टिमका लागि एलेक्स कुँवर र सफल पन्तले समान एक एक गोल गर्नुभयो । अर्को खेलमा ब्रम्हकुञ्ज र काष्ठमण्डपसले गोलरहित बराबरी खेलेको छ ।