• १२ साउन २०८१, शनिबार

गोर्खाली र एपिएफको विजयी सुरुवात

blog

रग्वीमा प्रतिस्पर्धा गर्दै गोर्खाली क्लब र पुलिसका खेलाडी ।

काठमाडौँ, फागुन ६ गते । पाँचौँ संस्करणको फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपमा गोर्खाली रग्बी क्लब र विभागीय टोली एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।

दशरथ रङ्गशालामा आइतबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा गोर्खालीले नेपाल पुलिस क्लबलाई ५४–३ स्कोरले हरायो । अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–१५ स्कोरले हरायो ।

जितसँगै गोर्खाली र एपिएफले दुई दुई अङ्क बनाएको छ । नेपाल रग्बी सङ्घको आयोजनामा सञ्चालित लिगमा पुलिस, आर्मी, एपिएफ र गोर्खाली रग्बी क्लबको सहभागिता रहेको छ । 

शनिबारसम्म चल्ने लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपियाँ पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।