शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ १ गते । नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा केन्द्रीय कार्यसमितिका सदस्य उमेश श्रेष्ठ मनोनित हुनुभएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधानबमोजिम उहाँलाई सो पदमा मनोनयन गर्नुभएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदको जिम्मेवारी सुम्पिनुभएको हो ।
कांग्रेसको कोषाध्यक्ष श्रेष्ठ यसअघि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
