• १२ साउन २०८१, शनिबार

विश्वकप क्रिकेट लिग–२ : नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित

blog

काठमाडौँ, फागुन ७ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नामिबियामाथि सानदार जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्यन्ड्सले नामिबियालाई सात विकेटले हरायो । नेदरल्यान्ड्सको यो पहिलो जित हो । 

जितसँगै नेदरल्यान्ड्सले दुई खेलबाट दुई अङ्क बनाएको छ । पहिलो हार खेपेको नामिबियाको पनि समान दुई अङ्क छ । नेपालले पनि दुई अङ्क बनाएको छ । 

जितका लागि नामिबियाले दिएको एक सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओरभमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५७ रन बनाउनुभयो ।

यस्तै म्याक्स ओुडोउडले २८ र बास डी लिडेले अविजित २१ रन जोड्नुभयो । बलिङमा नामिबियाका लागि तीनै विकेट कप्तान जेर्रार्ड इरास्मसले लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नामिबियाका लागि जेजे स्मिथले २६ रन बनाउनुभयो । यस्तै जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र जोर्रार्ड इरास्मसले १३/१३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाउनुभयो । 

बलिङमा नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले ६ विकेट लिनुभयो । कायल केलिनले दुई तथा रोलेफ भान डेर मार्वे र म्याक्स ओडोउडले एक एक विकेट लिनुभयो ।