• १३ असोज २०८१, आइतबार

होलिल्याण्ड स्कुललाई बास्केटबल उपाधि

blog

बास्केटबल उपाधि विजेता खेलाडी । तस्बिर : गोरखापत्र

निशा राई 

धरान, फागुन ८ गते । दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।

डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको सहयोगमा डिपोट स्कुलको खेल मैदानमा मङ्गलबार भएको फाइनल खेलमा होलिल्याण्डले प्रभात स्कुललाई ३८–२३ अङ्कले हरायो । फाइनलमा होलिल्याण्डका युकुहाङ लिम्बुले आठ स्कोर गर्नुभयो । 

प्रतियोगितामा हाइस्कोररको उपाधि प्रभात स्कुलका लियोन राईले जित्नुभयो । उपाधि विजेता होलिल्यण्डले पन्ध्र हजार रुपियाँ पुरस्कार पायो । उपविजेता प्रभात स्कुलले सात हजार पाँच सय रुपियाँ प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी होलिल्याण्ड स्कुलका पारस रोया हुनुभयो । उत्कृष्ट र हाइस्कोरलाई १५ सय रुपियाँ प्रदान गरियो ।