• १३ असोज २०८१, आइतबार

पाल्पाको विजयी सुरुवात

blog

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन ८ गते । प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पाले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा पाल्पाले २–१ सेटले पर्वतलाई हराएको हो  । चापाकोट नगरपालिका ९ मा भएको खेलमा पाल्पाले २२–२५, २५–२२ र २५–२१ अङ्कले जितेको हो । 

पहिलो सेट गुमाएको पाल्पाले खेलमा फर्कँदै लगातार दुई सेट जित्दै खेल जितेको हो । चापाकोट उद्योग वाणिज्य सङ्घको आयोजना र नगरखेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता गरिएको हो । 

फागुन १३ गतेसम्म चल्ने प्रतिगोयतामा गण्डकीका पर्वत, नवलपुर, कास्की, तनहुँ, स्याङ्जा,  बागलुङ तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको छ ।