• १३ असोज २०८१, आइतबार

तेक्वान्दो खेलाडी छनोट

blog

तेक्वान्दो छनोट खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, फागुन ८ गते । फ्रान्सको पेरिसमा यसै वर्ष आयोजना हुने ओलम्पिक गेम्सका लागि एसियाली छनोट प्रतियोगितामा सहभागि हुने नेपाली तेक्वान्दो खेलाडीको छनोट गरिएको छ ।

नेपाल तेक्वान्दो सङ्घले विश्व तेक्वान्द्यो महासङ्घ (डब्लुटी) को कार्यक्रम अनुसार सन् मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङ शहरमा आयोजना हुने एसियाली छनोटका लागि नेपाली सात खेलाडीको छनोट गरेको हो ।


छनोट हुने खेलाडीमा तेक्वान्दो ग्यरोगी विधातर्फ महिला ४९ केजीमुनि नेपाल पुलिस क्लबकी अन्जली तामाङ,  महिला ६७ केजीमुनि पुलिसकै इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनि त्रिभुवन आर्मी क्लबका हुल कुमाल र पुरुष ६८ केजीमुनि नेपाल पुलिसका वीरबहादुर महरा हुनुहुन्छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा भएको खुला छनोट प्रतियोगितामा ३८ खेलाडी सहभागी भएको तेक्वान्दो सङ्घले जनाएको छ । 

यस्तै पारा तेक्वान्दोतर्फ (के–४४) क्याटेगोरी अन्तर्गत पारा महिला ५७ केजीमुनि पलेशा गोवर्धन, पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुष ५८ केजीमा अमीर भ्लोन छनोट हुनुभएको छ । पेरिस ओलम्पिक सन् २०२४ को जुलाई २६ देखि अगस्ट ११ तारिखसम्म हुनेछ ।