• १२ साउन २०८१, शनिबार

कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

कठमाडौँ, फागुन ७ गते । आठौँ संस्करणको कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता फागुन १३ देखि १५ गतेसम्म हुने भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा विद्यालय तथा कलेजका गरी दुई सय ५० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुरज केसीले जानकारी दिनुभयो । 

प्रतियोगितामा विद्यालयतर्फ यु–१० ब्वाइज सिंगल्स, यु–१० गर्ल्स सिंगल्स, यु–१२ ब्वाइज सिंगल्स, यु–१२ गर्ल्स सिंगल्स, यु–१४ ब्वाइज सिंगल्स, यु–१४ गर्ल्स सिंगल्स, यु– १६ ब्वाइज र यु–१६ गर्ल्स सिंगल्स गरी आठ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।