काठमाडौँ, वैशाख १५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि ३० जना प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक म्याट रसले बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गर्नुभएको हो । नेपालले हङकङसँग उसैको मैदानमा जुन ५ तारिख मैत्रीपूर्ण खेल खेल्दै छ । यस्तै नेपालले जुन १० तारिख एसियन कप छनोटको तेस्रो चरणमा लाओससँग प्रतिस्पर्धा गर्ने छ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा गोलरक्षक किरण चेम्जोङ, अन्जल श्रेष्ठ, विशाल सुनार र दीप कार्की, रक्षकहरू अभिषेक लिम्बू, अमृत श्रेष्ठ, अनन्त तामाङ, विमल पाण्डे, कुलदिप कार्की, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ हुनुहुन्छ ।
यस्तै मिडफिल्डरमा एरिक विष्ट, आयुष घलान, कृतिशरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सन्तोष खत्री, सृजनराज गौतम, सुदीप गुरुङ, सुमीत श्रेष्ठ र सुरजज्यु ठकुरी तथा स्ट्राइकरहरूमा अन्जन विष्ट, जिलेस्पीजङ्ग कार्की, निराजन धामी र सुवास बमठकुरी हुनुहुन्छ ।