शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फडिन्द्र अधिकारी
लेखनाथ, पुस ५ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्याराग्लाइडिङ अवतरणका क्रममा दुर्घटना हुँदा ४२ वर्षीया वङ्गलादेशी नागरिक फातेमा ताञ्जिला घाइते हुनुभएको छ ।
घाइते ताञ्जिलाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था खतरामुक्त रहेको कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । प्यारा पाइलट राहुल खड्काले उडाएको प्याराग्लाइडिङ दिउँसो साढे १२ बजे दुर्घटना भएको थियो ।
पाइटल खड्का सकुशल हुनुहुन्छ भने घाइते ताञ्जिलाको खुट्टा भाच्चिएको अस्पताल स्रोतले जनाएको छ ।