• ६ पुस २०८२, आइतबार

योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय आवश्यक : स्वामी आनन्द अरुण

blog

ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुण विश्व ध्यान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौँ, पुस ६ गते । विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ ।

काठमाडौँको टुँडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको छ । ध्यान कार्यक्रममा बोल्नुहुँदै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा अहिले पनि करिब ६० देशका मानिसहरु आएर ध्यान गर्ने गरेको बताउनुभयो । ध्यान र योगको आवश्यकता नेपालभन्दा पनि विकसित देशहरुमा रहेको बताउनुभयो ।

ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको औंल्याउनुभयो । योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको बताउनुहुँदै उहाँले आयुर्वेदको संवर्धन र ध्यानका साधकका लागि अभिभावक मन्त्रालय दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले धार्मिक संस्थाको पैसामा कर लगाउन नहुने माग गर्नुभयो । योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै यसबारे सोच्न सरकारसँग आग्रह गर्नुभयो । मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा भएको बताउनुभयो ।